दफा
काउन्सिलको स्थापना

(१) नेपाल मेडिकल काउन्सिल नामको एक काउन्सिल स्थापना हुनेछ ।

(२) काउन्सिल अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ । सो संस्थाको सबै कामको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।

(३) काउन्सिलले चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, नामसारी गर्न, ठेक्का लिने दिने समेत गर्ने र यस ऐनको उद्देश्य पूर्ति गर्न आवश्यक सम्झिएका अरू सब काम गर्न गराउन सक्नेछ ।

(४) काउन्सिलले व्यक्ति सरह नालिस उजुर गर्न र निज उपर व्यक्ति सरह नालिस उजुर लाग्न सक्नेछ ।